जो रक्षक उही भक्षक भन्दै प्रतिनिधिसभा विघटनको विरोधमा माइतिघरमा प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन्।

शनिवार माइतिघर मण्डलामा पुगेर नागरिक अगुवाहरुले विरोध प्रदर्शन गरेको हुन।

प्रदर्शनमा सहभागीले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिएका छन् ।

प्रधानमन्त्रीको कदमविरुद्ध ‘वृहत नागरिक आन्दोलन’ निर्माण गरेका नागरिक अगुवाले सडक संघर्षको पहिलो दिन शंख बजाएर चर्को नाराबाजी गरेका हुन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button