थप ५०० कोरोना संक्रमित, ८४० डिस्चार्ज, ३ को मृत्यु

पुष ११ काठमाण्डौं । नेपालमा आज थप ५ सय जना कोरोना संक्रमित थपिएका छन् । देशभर ५ हजार ४३४ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सगैँ कुल संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ । यसै गरी आज नै ८४० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या ३ लाख ४९ हजार १३२ पुगेको छ ।
निको हुने दर दक्षिण एशियामै सबै भन्दा धेरै ९६.७ प्रतिशत पुगेको छ । यसै गरी २४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । हाल सम्म मृत्यु हुनेको संख्या १८ सय १९ पुगेको छ ।
देशभर अब सक्रिय संक्रमितको संख्या ६ हजार ७४९ रहेका छन् ।