राष्ट्र बैंकले २ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सोमबार २ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

बैंकका अनुसार रु १० करोड बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो ।

सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्ब बराबरको ट्रेजरी बिल भने कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो ।

सो बिल भने २०७८ पुस १३ गते परिपक्व हुनेछ । बैंकले यसअघि पुस ६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button