बागमती प्रदेशका मुख्यमन्त्रीले सम्हाले थप ३ मन्त्रालयको जिम्मेवारी

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीन मन्त्रालयको कामकारबाही आइतबारदेखि आफैँ सम्हालेका छन् ।

बागमती प्रदेश प्रमुख सचिवालयका अनुसार मुख्यमन्त्री पौडेलले यही पुस १० गते तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त आन्तरिक मामिला तथा कानून, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कामकारबाही आफुले सम्हाल्ने भएका हुन् ।

मुख्यमन्त्री पौडेलले रिक्त मन्त्रालय आफूले नै सम्हाल्ने लिखित जानकारी बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई सिफारिस गरी पठाएअनुसार प्रदेश प्रमुखले आजै उक्त सूचनाको जानकारी सार्वजनिक गरेका प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button