प्रचण्ड-माधव पक्षको शक्ति प्रर्दशन आज, काठमाडौंका यी ठाउँमा हुँदैछ प्रदर्शन

काठमाडौं । नेकपाका प्रचण्ड-नेपाल पक्षले सरकारविरुद्ध आज राजधानी काठमाडौंसहित देशभर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध प्रदर्शन गर्दै छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विटघन गरेपछि बसेको प्रचण्ड-माधव पक्षीय केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई कारबाही गर्दै उनीविरुद्ध आन्दोलनका कार्यक्रम तय गरेको थियो ।

केन्द्रीय कमिटीको (७-८ पुस) बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलनको कमाण्डर तोक्दै पहिलो चरणको आन्दोलनका तय गरेको कार्यक्रम अन्तर्गत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम भए पनि नेकपाले मुख्यगरी काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ ।

सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुरका कार्यकर्ता बानेश्वर चोकमा भेला भएर प्रदर्शन सुरू गर्ने कार्यक्रम तय भएको छ।

त्यसैगरी मकवानपुर, धादिङका कार्यकर्ता कुलेश्वर टेकुबाट, नुवाकोट र रसुवाका कार्यकर्ता लैनचौर, ललितपुरका कुपन्डोलमा ११ बजे भेला हुने कार्यक्रम छ।

काठमाडौंका टेकुचोक, लैनचौर, नक्साल, घण्टाघर, रत्नपार्क र बागबजार क्षेत्रबाट पनि प्रदर्शन हुने नेकपा केन्द्रीय समितिले जनाएको छ।

विशेष गरी वागमती प्रदेशभरको शक्ति काठमाडौंमा केन्द्रित गर्न लागेको नेकपाले बिहान ११ बजे सुरु हुने प्रदर्शन काठमाडौंका ६ ठाउँबाट जुलुस शुरु हुने जनाएकाे छ ।

भृकुटीमण्डपको सभालाई अध्यक्ष प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतले सम्बोधन गर्नेछन् ।

राजधानीको प्रदर्शनमा ५० हजार मान्छे उतार्ने स्थायी कमिटी सदस्य वर्षमान पुनले दावी गरेका छन् ।

युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले काठमाडौंको शक्ति प्रदर्शका लागि व्यापक तयारी गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेपछि नेकपाभित्र विवाद बढेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button