नेपालको राजनीतिक इतिहासबाट ओलीको राजनीति पत्तासाफ हुन्छ : प्रचण्ड

ओलीलाई सच्चिनका लागि अन्तिम मौका छ : नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई दुर्घटना गराउने प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराउने दाबी गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरूद्ध मंगलबार राजधानीको प्रदर्शनीमार्गमा प्रचण्ड (माधव पक्षीय नेकपाले आयोजना गरेको विरोधसभामा बोल्दै अध्यक्ष प्रचण्डले वैशाखपछि ओली प्रधानमन्त्री पनि नरहने र राजनीति समाप्त हुने दाबी गरे ।

उनले भने‚ ‘केपी ओलीलाई यदि कसैले गोटी बनाएको छ भने, मलाई लाग्छ त्यस्तै हो। उनी गोटी भएको हो । वैशाखपछि उनी प्रधानमन्त्री पनि रहँदैनन् । नेपालको राजनीतिक इतिहासबाट उनको पत्तासाफ हुनेवाला छ । अनि उनैले श्री ३ महाराज हुन्छु भनेर सपना देखेर हुनेवाला हो र आजको नेपालमा ?

उनले पार्टीमा बहुमत रहेकै अवस्थामा संसद विघटन गरेर चुनाव गराउन खोज्नेको राजनीति पत्तासाफ हुने उनले बताए।

‘यो चुनाव गराउनका लागि घोषणा भएको होइन, हुँदाखादाको बहुमत छोडेर कसैले चुनाव गराउँछ?’’
अध्यक्ष प्रचण्डले वैशाखमा चुनाव नहुने र मंसिरमा भए पनि त्यसले गलत नजिर बसाल्ने बताए। उनले अर्को प्रधानमनत्रीले पनि संसद विघटन गर्न सक्नेतर्फ सचेत पनि गराए । त्यसैगरि नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिनका लागि अन्तिम मौका रहेको बताएका छन् ।

पार्टी अनुशासनको उल्लंघन गर्दै स्वेच्छाचारी कदम चालेपछि अध्यक्ष पदबाट हटाएपनि केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाएको उनले बताए ।

संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘सुध्रिनिहुन्छ कि भनेर आशा गरेका छौं । केन्द्रीय सदस्य, पार्टी सदस्यबाट हटाएका छैनौं । अन्तिम मौका दिएका छौं ।’

पार्टीका कतिपय नेतालाई पनि ओलीलाई सुधार्न सकिन्छ कि भन्ने लागेको उनले बताए ।

ओलीतिर लागेका नेताहरुतर्फ संकेत गर्दै उनले भने, ‘बालुवाटारको बालुवा पेल्दा तेल निकाल्न सक्नुभयो भने स्याबास भन्छु । बाङ्गो पुच्छरलाई तोरीको तेल घस्दा सोझो बनाउन सक्नुभयो भने स्याबास भन्छु ।’

उनले प्रधानमन्त्री ओली पश्चाताप गरेर आए छलफल गर्न समेत तयार रहेको बताए ।

उनले भने, ‘गल्ती भयो भन्ने स्वीकार गर्नुहुन्छ, असंवैधानिक कदमबाट पछि हट्नुहुन्छ र पुनर्स्थापना गर्न तयार हुनुहुन्छ भने सबै विषयमा छलफल गर्न तयार छौं ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button