प्रचण्ड-माधव पक्ष नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षको आज स्थायी कमिटी बैठक बस्दैछ ।
पेरिसडाँडास्थित कार्यालयमा आज दिउँसो १२ बजे बस्ने वैठकले सरकारविरुद्ध थप कडा आन्दोलनका कार्यक्रम तय गर्ने जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा प्रचण्ड–माधव समूहले हिजो देशभर विरोध प्रदर्शन गरेको थियो ।