ओली पक्षले आज काठमाडौंमा कार्यकर्ता भेला गर्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले आज शनिबार काठमाडौंमा वृहत् कार्यकर्ता भेला गर्दैछ। भेला काठमाडौंको प्रज्ञा भवनमा १ बजे तय गरिएको हो ।

काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित भेलालाई प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । यस्तै रामबहादुर थापा बादल, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको काठमाडौं कमिटीले जानकारी दिएको छ ।

गत बुधबार ओली पक्षले कार्की ब्यांकेटमा सुदूरपश्चिमका नेता(कार्यकर्ताहरूको भेला गरेको थियो । भेलामा लेखराज भट्ट र प्रधानमन्त्री ओलीलगायतले सम्बोधन गरेका थिए ।

प्रतिनिधिसभा विघटनपछि दुई भागमा विभाजन भएको नेकपाका दुवै पक्षले कार्यकर्ता भेलालाई तीव्रता दिएका छन्।

पुष्पकमल दाहाला प्रचण्ड(माधवकुमार नेपाल समूहले भने सडक संघर्षका कार्यक्रमसमेत गर्दै आएको छ।

प्रचण्ड(नेपाल समूहले प्रतिनिधिसभा विघटनलाई प्रतिगामी कदमका रूपमा अर्थ्याउँदै तत्काल पुनर्स्थापना गरिनुपर्ने बताउँदै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button