‘जसको घर हो उसले मेरो घर हो भनेर निवेदन हाल्न जानुपर्छ ? : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जसको घर हो उसले मेरो घर हो भनेर निवेदन हाल्न जानुपर्छ ? भन्दै प्रचण्ड र माधव नेपाललाई प्रश्न गरेका छन् ।
काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले खिया लागेका दुईवटा नटबोल्ट फूस्किएर पार्टी फुटेको बताएका छन् ।
उनले कसैले निकाल्दैमा आफू पार्टीबाट ननिकालिने बताएका छन् । उनले घर मूलीलाई घरबाट निकालेको भन्न नमिल्ने बताए ।
प्रधानमन्त्री अोलीले प्रचण्ड र नेपालले तीन महिनामा पूरा हुने एकीकरणको काम तीन वर्षमा पूरा हुन नदिएको बताएका छन् ।
‘पार्टीले यस्ता कार्यक्रम गर्न पाएको थियो ? पार्टीमा झमेला मात्रै । पार्टीले देशका निम्ति महत्वपूर्ण काम गर्नुपथ्र्यो । तर, कार्यकर्तालाई अलमलमा राखियो ।
कार्यकर्तालाई काम गर्न दिइएन । हाम्रा तेज कार्यकर्ताहरु, बलिदानी पूर्ण तरिकाले आएका कार्यकर्ताहरु हल न चल भएर शिथिल भएर बस्नुपर्यो । उहाँहरुको एजेण्डा संविधान संशोधन, संविधान संशोधन, देशको नक्सा छाप्दा उहाँहरुलाई कत्रो छटपटी छ’, आउनूस् एकता गर्न । प्रचण्डलाई अध्यक्षमा राखिरहेका छौं ।’उनले भने ।
प्रधानमन्त्री ओलीले कसैले निकाल्दैमा आफू पार्टीबाट ननिकालिने बताएका छन् । उनले घर मूलीलाई घरबाट निकालेको भन्न नमिल्ने बताए ।
प्रधानमन्त्री ओलीले प्रचण्ड-माधव नेपाललाई आगामी निर्वाचनमा दुईटा अंकको सिट ल्याएर देखाउन चुनौति दिएका छन् ।
उनले प्रचण्ड नेपाल समूहले बहुमत रहेको दावी गर्दै हिँडेको भन्दै त्यसको नतिजा आगामी वैशाख १७ र २७ गते देखिने पनि बताएका छन् ।
पदको पछाडि दौडिरहेको आरोप लगाउँदै पद चाहिएको भए पार्टी बैठकमा आउन समेत अनुरोध गरेका छन् ।
आफू पक्षीय काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाललाई खिया लागेको नटबल्टुको संज्ञा समेत दिएका छन् ।