प्रधानमन्त्री ओलीमा तानाशाही प्रवृत्ति देखिएको छ : कांग्रेस नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीमा तानाशाही प्रवृत्ति देखिएको जनाएका छन् ।

उनले प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको कुराको गफ हानिरहेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल मार्फत नेता पौडेलले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा लाई कुहिएको छानो भनेको भन्दै आपत्ति जनाएका छन् । ओली प्रधानमन्त्री रहन योग्य नरहेको जनाएका छन् ।

सामाजिक सञ्जालमा नेता पौडेलले लेखेका छन्, प्रतिनिधिसभा लाई कुहिएको छानो भन्ने , संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री के. पी. ओली तानाशाह प्रवृत्ति हुन् । उनी नेपालको प्रधानमन्त्री रहन योग्य छैनन् ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button