विश्वका ६ करोड कोरोना संक्रमित उपचारपछि निको भए

काठमाडौं । विश्वमा रहेको ८ करोड ४९ लाख ३९ हजार २ सय ७८ जना संक्रमित मध्ये ६ करोड ३४ हजार ६ सय ७४ जना उपचारपछि निको भएको वल्डोमिटर्सले जनाएको छ । सबै भन्दा धेरै संक्रमित अमेरिकाका भएका छन् ।
अमेरिकामा रहेका दुई करोड ८७ लाख ७ हजार ९ सय ५७ जनामध्ये एक करोड २३ लाख २२ हजार ६ सय ८८ जना संक्रमित उपचारपछि निको भएका छन् ।
त्यस्तै भारतमा रहेका एक करोड ३२ लाख ४ हजार ६ सय ३१ जना संक्रमित मध्ये ९९ लाख २६ हजार ५ सय २७ जना उपचारपछि निको भएका छन् ।