कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दै

काठमाडौं । आज दिउँसो एक बजे केन्द्रिय कार्यलय सानेपामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बस्दैछ।
बैठकमा प्रतिनिधिसभा विघटनविरुद्धका रणनीति बनाउने तयारी भएको केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिएका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यहि पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि चुनावमा जाने वा सडक संघर्षबाट निर्णयमा पुग्ने भन्नेमा कांग्रेस विभाजित भएको छ।
सभापति शेरबहादुर देउवाले हाल यो विषय सर्वोच्चमा विचाराधीन अवस्थामा रहेकोले बोल्न नमिल्ने र आन्दोलन पनि गर्न नमिल्ने बताउँदै आएका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रतिनिधिसभा पुनःस्थापनाका लागि नेतृत्वले निर्णय गर्नुपर्ने र सडक आन्दोलनमा जानुपर्ने बताउदै आएको छ।