ललितपुर २७ वर्षीया महिलामाथि सामूहिक बलात्कार

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एक गेस्ट हाउसमा २७ वर्षीया महिला सामूहिक रुपमा बलात्कृत भएकी छन् ।

२७ वर्षीया महिलामाथि बलात्कार गरेको भन्दै प्रहरीले ग्वार्कोस्थित लुम्बिनी गेस्ट हाउसबाट २ जना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका घर भएका ४३ वर्षीय अर्जुन प्रसाद तिम्लसिना लगायत २ जना छन् ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो २ जना पुरुषले ग्वार्को बस्दै आएकी महिलालाई ललाई फकाई प्रलोभनमा पारी गेस्ट हाउसमा लगेर बलात्कार गरेका थिए ।

पीडित महिलाले आफू २ जना पुरुषबाट बलात्कृत भएको सूचना दिएपछि खटिएको प्रहरीले उनीहरुलाई गेस्ट हाउसकै कोठाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाविरुद्ध जवर्जस्ती करणी सम्बन्धी कसुरअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button