जापानका केही क्षेत्रमा मे १४ मा आपतकाल हटाउने तयारी

टोकियो । जापान सरकारले मे १४ मा नै जापानका केही क्षेत्रहरुमा आपतकाल हटाउन सकिने बताएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिने उपायस्वरुप देशभर लागू गरिएको आपतकालको अवधि मे ३१ तारिकसम्म तोकिएका भएपनि केही क्षेत्रहरुमा मे १४ मा नै आपतकाल हटाउने तयारी भएको सरकारी श्रोतलाई उधृत गर्दै जापानी संचारमाध्यमहरुले समाचार लेखेका छन् ।

आर्थिक पुनरुत्थान मन्त्री निशिमुरा यासुतोशीले विहिबार पत्रकारहरुसंग कुरा गर्दै आपतकाल हटाउने सम्भावना रहेको बारे बताएका थिए ।

निशिमुराले दिएको जानकारी अनुसार बुधबारसम्म ३४ प्रिफेक्चरहरुमा नयाँ कोरोना भाइरसका एक जना पनि संक्रमित नभेटिएको र तिमध्ये १७ प्रिफेक्चरमा गत एक हप्तामा एक जना पनि संक्रमितहरु भेटिएका छैनन् ।

उनले सल्लाहकार तथा विज्ञहरुको राय लिएर मे १४मा आपतकाल हटाउनेबारे सरकारले निर्णय गर्ने जानकारी दिए । कुनैपनि क्षेत्रमा आपतकाल हटाउनका लागि संक्रमितहरुको संख्या र स्वास्थ्य उपचारका लागि उपलव्ध स्वास्थ्यसंस्थाहरुको संख्या तथा अन्य कुराहरुमा भर परिने समेत उनले उल्लेख गरे ।

देशब्यापी आपतकाल गत बुधबार सकिने तय भएको थियो तर सरकारले त्यसलाई बढाएर मे ३१ तारिकसम्म लागू गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button