बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।
धनगढीबाट बझाङ तर्फ गईरहेको बिना नम्बरको अनटेस्ट ट्याक्टर सोमबार बिहान २ बजे जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सिगास गाउपलिका ९ बाँजपानीमा दुर्घटना हुँदा बझाङको बित्थडचीर गाउँपालिका वडा नं ४ का ४० वर्षीय जितबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टर चालक बझाङको बित्थडचीर गाउँपालिका वडा नं ५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्याक्टरमा सवार बित्थडचीर गाउँपालिका वडा नं ४ कै २० वर्षीय कृष्ण बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो ।
चालक नरेन्द्र महराको दुबै खुट्टा भाचिएका छन भने कृष्ण बोहराको खुट्टामा चोट लागेको छ । घाइते दुवैजनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
ट्याक्टर सडकबाट करीब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटिसकिएको प्रहरी प्रवक्ता धामीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button