घरबाट बाहिर ननिस्कौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले काठमाडौंमा अध्याधिक बायु प्रदुषण बढेको भन्दै सावधानी अपनाउन सबैमा सार्वजनिक अपिल गरेको छ।

मंगलबार एक विज्ञप्ति मार्फत मन्त्रालयले अत्यावश्यक बाहेक सवारी साधन पनि नचलाउन तथा घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ।

‘मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौं’, मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

वायु प्रदूषणको मात्रा उच्च भएको पाइएपछि मन्त्रालयले नागरिकहरूलाई सावधानी अपनाउन अनुरोध गरेको हो। यसअघि वातावरण विभागले अत्यावश्यक कामबाहेक साँझ र बिहान घरबाहिर ननिस्कन आग्रह गरेको थियो।

रियल टाइम एयर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार काठमाडौं उपत्यकाको वायु प्रदूषण जोखिमको तहमा पुगेको छ।

एक्यूआईका अनुसार अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वायू प्रदूर्षण सूचकांक न्यूनतम् ३ सय ५९ छ भने अधिकतम् ४ सय ८ छ।

एक्यूआईमा ३ सय १ भन्दा माथिको संख्या देखिनु भनेको उच्च जोखिमको संकेत हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button