छुरा प्रहार गरी युवकको हत्या गरेर भाग्दै गरेका भारतीय फर्पिङबाट पक्राउ

काठमाडौँ । काठमाडौँको बालाजुमा छुरा प्रहार गरी युवकको हत्या गरेर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हत्यागरेर भागेका भारतीय युवकलाई प्रहरीले फर्पिङबाट पक्राउ गरेको छ ।

मंगलबार राति भारत मोतीहारी घर भइ हाल बालाजु वाइपासमा बस्दै आएका २५ वर्षीय सुबोध शर्माले सोही स्थानमा बस्दै आएका भारत मोतीहारीकै अर्का २५ वर्षीय युवा कलाम मियाँमाथि छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका मियाँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मंलगबार राति नै मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए ।

दुवै युवा सोही क्षेत्रमा केही समयदेखि सिलाइ कटाइको काम गर्दै आएको र मंगलबार पुरानो रिसिइबीलाई लिएर झगडा भएको उनले बताए ।

छुरा प्रहारपछि ७५६२ नम्बरको सुमो गाडीमा भाग्दै गरेका सुवोधलाई प्रहरीले फर्पिङ चेकपोस्टबाट बुधबार बिहान पक्राउ गरेको डीएसपी विष्टले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button