महिला उत्थानका लागि ब्युटिसिएन तालिम सम्पन्न

ललितपुर, पुष २२, बुधवार ।  महिला उत्थानमा समर्पित जे. बि पार्लर एड ट्रेनिङ सेन्टरद्वारा दिइएको ब्युटीपार्लर तथा कस्मेटिक्स सम्बन्धी पहिलो चरणको तालिम सम्पन्न भएको छ ।

“दिदीबहिनीहरूले सिप सिकेर आत्मनिर्भर बन्न सकून्, अफ्नै पेशा व्यवसाय सञ्चालन गर्न सकून्, र यसरी नै अरू दिदीबिहनीहरूलाई पनि सिकाउन र स्वावलम्बी बनाउन सकून्, यही नै मेरो दर्शन परिकल्पना चाहना हो,” जे. बि पार्लर एड ट्रेनिङ सेन्टरका स्थापक जानुका भट्टराईले बताउनुभयो ।

पहिलो ब्याचअन्तर्गत स्पेशल कोर्स पूरा गरेकी प्रशिक्षार्थी सृष्टि सुनुवारले प्रशिक्षकद्वय डि.बी. केसी र जानुका भट्टराईप्रति धन्यवाद दिनुहुँदै, साथ सहयोग गर्नुहुने आफ्ना अभिभावकहरूको माया प्रेमको पनि स्मरण गर्नुभयो । संगी प्रशिक्षार्थी तबिथा राईले बधाइ दिनुहुँदै शुभकामना दिनुभएको थियो भने अभिभावकहरूबाट पनि छोरीहरूले सिप सिकेर देश विदेश जहाँ गएभए पनि स्वरोजगार बनी जिउन सक्ने बनेकोमा सन्तुष्टि मिलेको बताउनु भयो ।

हेयर कटिङ, फेसियल, लगायत अन्य तालिम कार्यक्रमहरू सञ्चालनमा रहेकाले इच्छुक महिलाहरूले समयमै सम्पर्क गरी सहुलियतमा सिप सिक्ने अवसर सदुपयोग गर्न सकिने जानकारी समेत प्रशिक्षक भट्टराईले दिनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button