दिउँसो १ बजे राष्ट्रियसभाको हिउँदे अधिबेशनको दोस्रो बैठक बस्दै

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दैछ। हिउँदे अधिवेशनको दोस्रो बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची छ।

यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिमा सदस्यको नाम मनोनयनको लागि प्रस्ताव गर्ने कार्यतालिका पनि रहेको छ ।

यसअघि पुस १७ को बैठकमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र र मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेर सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका थिए ।

बैठकमा दलीय प्रतिनिधित्वका आधारमा दलका नेताहरुले सम्बोधन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button