विप्लव निकट जनपत्रकार संगठन नेपालका संयोजक महाराजगञ्जबाट पक्राउ

काठमाडौं । नेकपा विप्लवका एकजना कार्यकर्तालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र बिशेष ब्युरोले महाराजगञ्जबाट पक्राउ गरेको छ ।

विप्लव निकट ‘जनपत्रकार संगठन नेपाल’ का संयोजक शेरबहादुर बिक ‘दर्शन’ सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अछाम घर भएका उनलाई प्रहरीले बम बिस्फोट गराएको,प्रहरीको गस्ती टोलीमाथि बमप्रहार गरेको, जबर्जस्ती चन्दा असुली गरेको र राज्यविरुद्धको अपराधअन्तर्गत खोजी गरिरहेको थियो ।

पार्टी प्रतिबन्धित भएपछि अछामको रामारोशन गाउँपालिका, बाटुलासैनमा प्रहरी गस्तीमाथि भएको आक्रमणको क्रममा उनी घाइते भएका थिए । घाइतेपछि उनी लुकिछिपी काठमाडौंमा बस्दै आए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button