कोरोना अपडेटः थप ४ सय १२ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा १८२ महिला र २ सय ३० पुरुष गरि ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्इा २६३६०५ पुगेको छ ।
५ हजार १ सय ३१ जनाको पिसिआर परीक्षण गर्दा ४ सय १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
आज थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । यससँगै कोरोनाका कारण अहिलेसम्म १९०३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।