शान्ति र एकताका लागि एनसीएफ सधै खुल्ला छ : हनोक तामाङ

ललितपुर । नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष पास्टर हनोक तामाङले शान्ति र एकता प्रक्रियाका लागि एनसीएफ सधै खुल्ला रहेको बताएका छन् ।

बिहीबार एनसीएफ नेपालको ६१ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एनसीएफ नेपाल चर्च इतिहासकै पहिलो र ठूलो छाता संस्था भएकाले अग्रपंक्तिमा रहि सबै चर्च संस्था तथा संगठनको अभिभावकत्व निर्वाह गर्ने मौका भएपनि त्यसलाई निर्वाह गर्न नसकेको बताए ।

एनसीएफ नेपालका अध्यक्ष तामाङका अनुसार नेपालमा करिब १२ हजार भन्दा बढी चर्चहरु रहेको र चार हजार भन्दा बढी एनसीएफ नेपालमा आबद्ध भएको यो नै नेपालको संगठित छाता संस्था भएको बताउनुभयो ।

अल्पसंख्यक ख्रीष्टियन समुदायका हक अधिकार लगाएतका धेरै जल्दाबल्दा समस्याहरु सरकार तथा सरोकारवालासँग राख्न जाँदा राज्यद्वारा उल्टै आफुहरु अपहेलित र अपमानित भएको उनले सुनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button