प्रधानमन्त्री ओली आज धनगढी जाँदै

काठमाडौं । प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी शर्मा ओली आज धनगढी जाँदै छन्।

नेकपा सुदूरपश्चिम (ओली समूह) ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न ओली श्री एयरलाइन्सको विमान मार्फत धनगढी जान लागेको हुन्।

विमानस्थलबाट प्रधानमन्त्री नेपाल राष्ट्र बैंकको गेष्ट हाउस जाने र त्यहाँ केही समय विश्राम गरेपछि खुला मञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ।

धनगढी रंगशालामा शुक्रबार दिउँसो १२ बजेदेखि जनसभा हुने नेकपाले जनाएको छ। राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई ओलीले सम्बोधन गर्ने जनसभा भएकाले उक्त कार्यक्रमलाई सफल पार्न योजनावद्ध जनपरिचालन गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button