प्रधानमन्त्रीको कदम प्रतिगामी र निरंकुश कदम हो : नारायणकाजी

काठमाडौं । नेकपा(प्रचण्ड माधव समूह) का प्रवक्तासमेत रहेकाराष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिनिधि विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी भएको बताएका छन् ।

पार्टीमा देखिएको विवादका विसयमा बैठकमा छलफल जारी रहँदा प्रधानमन्त्रीले असंवैधानिक बाटो रोजेको उनको भनाइ छ ।

शुक्रबार राष्ट्रियसभामा विशेष समयमा बोल्दै श्रेष्ठले प्रधानमन्त्रीको कदलमले नेपाली जनताले लडेर ल्याएका अधिकार खोसेको बताए ।

प्रतिनिधिसभा विघटन गर्नै कदम असंवैधानिक मात्रै होइन, यो अलोकतान्त्रिक हो, यो प्रतिगामी हो र यो स्वेच्छचारी र निरंकुश कदम हो’, उनले भने, ‘यसले नेपालमा नेपाली जनताले लडेर ल्याएको उपलब्धीहरुलाई खोस्ने र अपहरित गर्ने काम गरेको छ।’

प्रधानमन्त्री ओलीले चालेका कदम तत्कालको एउटा प्रतिगामी कदम मात्र नभई समग्र प्रतिगमनको आधार तयार गर्ने त होइन भन्ने आशंका उब्जेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button