प्रचण्ड–नेपाल समूहका नेतालाई भगौडाको संज्ञा दिदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल समूहमा लागेका नेतालाई भगौडाको संज्ञा दिएका छन् । उनीहरुका विरोध सभामा अश्लिल नारा लागेको उनले आरोप लगाए ।
नेकपाले कैलालीको धनगढीमा आयोजना गरेको आमसभालाई शुक्रवार सम्वोधन गर्दै ओलीले केन्द्रीय समितिको बैठकमा नआएर प्रचण्ड नेपाल समूह सडकमा गएर हामी यहाँ छौ भनेर नारा लगाएको भन्दै व्यंग गरे ।
‘पार्टी छाडेका केही भगौडाका कुरा सुन्नु भएको होला, केन्द्रीय कमिटीको बैठकमा नआएर बाटामा बसेर यहाँ छौ भनेका छन् ।
केन्द्रीय कमिटी बैठकमा नआएर पत्रपत्रिकामा लेखाउन लागेको छन’ ओलीले भने, ‘प्रचण्ड नेपाल अगाडि लागेको जुलुसमा अश्लिल गाली गलौजका नारा लाग्छन, उहाँहरुका नेता भनिएका मानिसहरु गाली गजौल गरेर हिडेरहेका छन् । हामीलाइ त्यसो गर्ने फुर्सद छैन ।’