भ्रुणको आवाज नेपालद्वारा गर्भवती महिलालाई पोषणयुक्त प्याकेज वितरण

ललितपुर । भ्रणको आवाज नेपाल नामक गैरसरकारी संस्थाले ४० जना गर्भवती महिलाहरुलाई पोषणयुक्त सन्तुलित आहारको प्याकेज वितरण गरेको छ ।
विहिवार गोदावरी नगरपालिकाको वडा नं. ३ मा बसोवास गर्ने ४० जना गर्भवती महिलाहरुलाई पोषणयुक्त आहारको समाग्री वडा नं. ३ का वडाध्यक्ष, सदस्य र स्वास्थ्यकर्मीहरुको रोहवरमा वितरण गरिएको हो ।
गर्भवती महिलालाई प्याकेज प्रदान गर्नुहुदैसंस्थाका संस्थापक कार्यकारी निर्देशक सोमन राईले अहिलेको यो लकडाउनको अवस्थामा गर्भवती महिलामाझ माया बाँडने र जीवनको महत्वबारे सिकाउने अवसर प्राप्त भएको बताउनुभयो ।
वडाध्यक्ष बालमुकुन्द घिमिरेले संस्थालाई दिनुहुँदै वडा कार्यालयले सुत्केरी महिलालाई मात्र पोषणयुक्त सामग्री वितरण गरिसकेको तर गर्भवती महिलालाई दिननसकेको हुँदा संस्थाले उक्त सामग्री वितरण गरेकोले गर्भवती महिलाहरुको अनुहारमा खुशी देख्दा आफु निकै हर्षित भएको बताए ।
सामग्री पाए पश्चात खुशी व्यक्त गर्दै उपस्थित गर्भवती महिलाहरुले संस्थालाई धन्यवाद व्यक्त गरेका थिए, साथै संस्थाले गोदावरी नगरपालिकाले स्थापना गरेको विपत व्यवस्थापन तथा आकस्मिक कोष समेत चालिस हजार रकम सहायता प्रदान गरेको थियो ।
विहिवार नै संस्थाले बुढानिलकण्ठ नगरपालिका वडा नंं ३ मा बसोबास गर्ने ३० जना गर्भवती महिलालाई सो वडाका वडाध्यक्ष र फादर दिपेश सुनुवारको रोहवरमा सोही सामग्री समेत वितरण गरेको थियो ।
वि.सं. २०६६ सालमा ललितपुर जिल्ला प्रशासन कार्यालय स्थापित भ्रणको आवाज नेपाल नामक संस्थाले गर्भपतन न्यूनिकरण सम्बन्धि कार्य गर्दै आएको छ भने अवैध गर्भधारण गरी समस्यामा परेका गर्भवती महिलालाई क्राउन अफ व्यूटी म्याट्रिनिटी होममार्फत निरन्तर सेवा र सहायता गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button