परराष्ट्र मन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते छिमेकी मुलुक भारतको भ्रमणमा जाने भएका छन् ।

शुक्रबार धनगढीमा आयोजित आमसभा प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका जान लागेको जानकारी दिए हुन् ।

सम्बोधन क्रममा सुदूरपश्चिमको विकासबारे कुरा गर्दै प्रधानमन्त्री ओलीले सीमा नाकाको अवस्था सुधार हुने बताए । त्यसका लागि भारतसँग कुरा हुने उनले बताए ।

‘आज कति तारेख हो, १४ तारिखमा हाम्रो परराष्ट्र मन्त्री भारत जाँदै हुनुहुन्छ। त्यतिबेला यसको बारे कुरा हुनेछ,’ प्रधानमन्त्री ओलीले भने।

कालापानी, लिपुलेकको विषयमा विवाद भएपछि पहिलो पल्ट नेपालका परराष्ट्र मन्त्री भारत जान लागेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button