प्रतिनिधिसभा विघटनप्रति ओली आत्मलाचोना गर्न तयार भए पार्टी एकता सम्भव– नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता समेत रहेका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटनप्रति आत्मालोना गर्दै प्रतिनिधिसभा सुचारु गर्न तयार भए एकीकृत कम्युनिस्ट आन्दोलन एकताबद्ध गरेर अगाडि बढाउन सकिने बताएका छन् ।
आफ्नो पदको रक्षाको लागि संविधानमाथि धावा बोल्ने अधिकार प्रधानमन्त्रीलार्य नभएको उनको भनाइ थियो ।
शुक्रवार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा श्रेष्ठले प्रतिनिधिसभा विघटनप्रति ओलीले आत्मलोचना गरे नयाँ शिलशिला शुरु हुने बताएका हुन् ।
‘विनम्रता पूर्वक आग्रह छ, अहिले पनि अवसर छ, प्रतिनिधिसधा विघटनको घोषणा तर्फ आत्मलोचना भयो भन, प्रतिनिसिधा सुचार होस भन्ने तिर प्रधामनन्त्री भयो भने नयाँ शिलशिला शुरु हुन्छ’ श्रेष्ठले भने, ‘यसो हुन सके संविधानलाइ ट्याकमा ल्याउन सकिन्छ, लोकतन्त्रका रक्षा र एकीकतृ कम्युनिस्ट फेरि पार्टीलाई एकतावद्ध गर्न सकिन्छ ।’
श्रेष्ठले प्रधामनन्त्री ओलीका कारण ऐतिहासिक परिवर्तनमाथि कालो बादल मडारिएको दावी गरे । ‘प्रधानमन्त्री र उहाँको टिमले प्रतिनिधिसभा राजनीतिक बाध्यता भनेको छ । के राजनीतिक बाध्यताका कराण गैरसंवैधानिक कदम चाल्न पाइन्छ ?’ उनले प्रश्न गरे ।