विप्लव निकट विद्यार्थी संगठनद्धारा महिनौं नपढाई तलव लिने शिक्षकमाथि कारबाही

किशोर शाही, बाँके । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाँकेले विद्यालयमा उपस्थित नै नभई महिनौ दिनको हाजिर एकैपटक लगाएर तलब लिँदै आएका सामुदायिक विद्यालयका एक शिक्षकलाई कारबाही गरेको छ ।

शुक्रवार बाँके जिल्लाको कोहलपुर नगरपालिका वडां नं १४ हवलदारपुरस्थित राम माध्यमिक विद्यालयमा कार्यरत शिक्षक पवन कुमार यादवलाई संगठनले कारबाही गरेको हो ।

शिक्षक यादव विगत लामो समयदेखि विद्यालयमा नियमित उपस्थित नहुने, कहिलेकाँही उपस्थित भैहालेमा पनि आफ्नो कक्षा नै नलिने, महिनौं तथा हप्तौंसम्म उस्थित नभएर एकै पटक हाजिर लगाई आफ्नो तलव मात्र बुझ्ने गरेको गुनासो विगत लामो समयदेखि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थी तथा तिनका अभिभावकहरूले अखिल क्रान्तिकारी बाँकेसँग गुनासो गर्दै आएकोले कारवाही गरिएको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जारी बिज्ञप्तीअनुसार पटकपटक यस विषयमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएपनि खासै चासो नदिएकोले कारवाही गरिएको भनिएकोे छ ।

संगठनले शुक्रवार सो विद्यालयमा अनुगमन गर्दा निज शिक्षक यादव विगत २३ दिन देखि कुनै पनि किसिमको बिदा नलिई तथा विद्यालय प्रशासनलाई कुनै जानकारी नै नदिएर अनुपस्थित रहेको स-प्रमाण भेटिएकाले निज पवन कुमार यादवको हाजिरी पुस्तिकामा संगठनको छाप लगायर हाजिरी गयल प्रमाणित गरिदिएको छ ।

श्रमजीवि जनताको पसिना बगाएर राज्यलाई तिरेको करबाट तलब खाने गरेर जनताका छोराछोरीलाई उज्ज्वल भविष्यतर्फ अग्रसर गराउने जिम्मेवारी लिएको शिक्षकद्धारा गरिएको यसप्रकारको गैरजिम्मेवारी गतिविधिप्रति संगठनले सरकारको ध्यानाकर्षण पनि गराएको छ । साथै शिक्षक यादवलाई सुध्रिन वा राजीनामा गर्नको निम्ति चेतावनी दिँदै संगठनले अनुपस्थित रहेको सम्पूर्ण दिनको तलव कटौती सहित कडा कारबाहीको लागि सम्बन्धित निकाय समक्ष जोडदार माग समेत गरेको छ ।

शिक्षक यादव शिक्षक महाँसंघ बाँकेका जिल्ला अध्यक्ष र शिक्षक महासँघका नेता समेत हुन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button