प्रधानमन्त्रीको समर्थनमा वृहत् ‘धोती जुलुस’

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा वृहत् जुलुस निकालिएको छ ।

शनिबार दिउँसो मधेशका नागरिकले धोती लगाएर ‘धोती जुलुस’ निकालेका हुन् ।

उनीहरूले ‘धोती, कुर्ता, गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ नारासहित प्रदर्शन गरेका हुन् । उक्त भेला राष्ट्रिय युवा संघले आयोजना गरेको हो ।

काठमाडौंको विभिन्न स्थानबाट निकालिएको र्‍याली माइती मण्डलाको मूल र्‍यालीमा जोडिनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button