नयाँ निर्वाचनले मात्रै मुलुकको संकट समाधान गर्ने : खानेपानीमन्त्री थापा

काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले नयाँ निर्वाचनले मात्रै मुलुकको संकट समाधान गर्ने दाबी गरेका छन् ।

मुलुकलाई स्थायित्वमा लैजानका लागि सरकारले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेको जानकारी दिँदै उनले समयमै नयाँ निर्वाचन गर्नु नै सरकारको आधारबिन्दु भएको स्पष्ट पारे।

काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले वर्तमान परिस्थितिमा संसद् पुनःस्थापना हुनु भनेको देश पछाडि धकेलिनु भएको बताए।

संसद् विघटनका विषयमा आएका टीकाटिप्पणीलाई संकेत गर्दै उनले कुनै पनि विषयमा राजनीतिक टिप्पणी र विष्लेषण हुनुलाई स्वाभाविकरुपमा लिएको बताए ।

उनले अहिलेको अवस्थामा निर्वाचनमा जानुपर्ने बाध्यात्मक परिस्थिति बनेको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button