संसद विघटन खारेज गर्न माग गर्दै ऐना देखाएर प्रदर्शन

काठमाडौँ – संसद विघटन खारेज गर्न माग गर्दै विवेकशील पार्टीले काठमाडौँमा ऐना देखाएर प्रदर्शन गरेको छ।

प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विवेकशील पार्टीले माइतीघरमा ऐना देखाएर प्रदर्शन गरेको हो।

प्रदर्शनका सहभागीहरुले असंवैधानिक संसद विघटन खारेज गर लेखिएको ब्यानर बोकेका थिए।

साथै उनीहरुले ‘यो समय भ्याक्सिनको हो प्रधानमन्त्री ज्यू’ लेखिएको घडी पनि प्रदर्शन गरेका थिए। केपी ओली सरकार अधिनायकवादको बाटोमा हिँडेको उनीहरुको भनाई थियो।

विवाद र झैझगडा गरेर देशलाई अन्यौलमा राखिरहेका नेताहरुले एक पटक आ–आफ्नो अनुहार र व्यवहार ऐनामा हेरुन् भन्ने मनसायका साथ आफूहरुले ऐना देखाएर प्रदर्शन गरेको पार्टीका संयोजक शसीबिक्रम कार्कीले बताए।

गत पुष ५ गते प्रधानमन्त्रीले संसद विघटन गरेको विरोधमा काठमाडौँमा दिनहुँ जसो विरोधका कार्यक्रमहरु भइरहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button