प्रचण्ड काठमाडौं आइपुगे

पत्नी सीता दाहालको उपचारका लागि सोमबार भारत गएका प्रचण्ड स्वदेश फर्किएका छन्।

अध्यक्ष प्रचण्ड शनिबार अपरान्ह ४ बजे नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडानबाट स्वदेश फर्किएको उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जनाकारी दिए।

अध्यक्ष प्रचण्डको स्वागतका लागि पूर्वमन्त्री एवं नेकपाका स्थायी समिति सदस्य वर्षमान पुन र प्रचण्डको सचिवालयका केही सदस्य त्रिभुवन विमानस्थल पुगेका थिए।

सीता दाहालको अहिले मुम्बईकै न्युरोजेन ब्रेन एन् स्पाइन इन्स्टिच्युटमा उपचार भइरहेको र स्वास्थ्यमा केही सुधार आएको प्रचण्डको सचिवालयले जनाएको छ।

पत्नी सिताको स्वास्थ्यमा केहि सुधार आएपछि अध्यक्ष दाहाल स्वदेश फर्किएका हुन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button