बैतडीमा कोरोनाबाट थप एकको मृत्यु, सदरमुकाम गडी क्षेत्र १० दिनका लागि शिल

बल्देब सिंह नायक / २५ पुस, बैैतडी । एक जना कोरोना सङ्क्रमितको मृत्यु भएसंगै बैतडीको दशरथचन्द नगरपालिकाले गडी क्षेत्रलाई दश दिनका लागि शिल गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको नगर कार्यपालिकाको बैठेकले यही पुष २६ गते देखी माघ ६ गते सम्म दश दिनका लागि शिल गर्ने निर्णय गरेको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिक्रम बहादुर चन्दले जानकारी दिनुभयो ।
उक्त अवधिमा गढी क्षेत्रमा आवतजावत, शैक्षिक संस्था, पसलहरु पुर्णरुपमा बन्द गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
एक हप्ता अघि एक बृद्धको कोरोनाका कारण मृत्यु भएको हो । उनमा मृत्यु पछि कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले जानकारी दिनुभयो ।
मृतकका परिवारका सदस्यहरुमा पनि कोरोना देखिएको हुनाले गडी क्षेत्र सिल गरिएको छ ।