इन्डोनेसियाली विमान उड्नासाथ समुन्द्रमा खस्यो

काठमाडौं । इन्डोनेसियाली राजधानी जकार्ताबाट उडान लिएको केही मिनेट पछि शनिबार जाभा सागरमा ६० भन्दा बढी व्यक्ति सवार यात्रुवाहक विमान दुर्घटना भएको छ ।
इन्डोनेसियाको यातायात मन्त्रालयका अनुसार श्रीविजय एयर फ्लाइट १८२, विमानसँग को अन्तिम सम्पर्क स्थानीय समय अनुसार २ चालिसमा भएको थियो ।
ठूलो वर्षाको बीचमा उडान भरेको विमानले ४ सेकेन्डमा १०,००० फिट भन्दा बढी उचाइ लिएको फ्लाइट राडर २४ ले जनाएको छ ।
इन्डोनेसियाली नेश्नल सर्च एण्ड रेस्क्यु एजेन्सीले जकार्ताको उत्तरपश्चिममा पानीमा विमानका टुक्राहरु भेटिएको र उक्त टुक्रा विमानको क्षतिबाट भएको हुन सक्ने विश्वास गरेको छ तर रात परेका कारण खोजीमा समस्या परेको न्यूयोर्क टाइम्सले जनाएको छ ।