बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० हजार नाघ्यो

काठमाडौं । बेलायतमा एकैदिन ५९ हजार ९ सय ३७ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी बेलायतमा कोरोना संक्रमितको संख्या ३० लाख १७ हजार ४ सय ९ पुगेको छ । त्यस्तै बेलायतमा कोरोना संक्रमणबाट एकैदिनएक हजार ३५ जनाको मृत्यु भएको छ । यसरी बेलायतमा कोरोनाबट मृत्यु हुनेको संख्या ८० हजार ८ सय ६८ पुगेको छ ।

बेलायतमा एकहप्ता अघिदेखि संक्रमित हुनेको संख्या लगातार ५० हजार भन्दा बढी रहँदै आएको छ । शुक्रबार मृतक संख्या र संक्रमित संख्या महामारी शुरु भएयताकै सबैभन्दा बढी पुगेको थियो ।

बेलायतका अस्पतालमा हाल उपचार गराइरहेका संक्रमितको संख्या ३२ हजार नाघेको छ । यो संख्या पनि महामारी शुरु भएयताकै सबैभन्दा उच्च हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button