मेस्सी र ग्रिजमनकाे गोलसँगै बार्सिलोनाको सहज जित

काठमाडौं । गएराति भएको स्पेनिस ला लिगा खेल अन्तर्गत बार्सिलोनाले ग्रानडामाथि सहज जित निकालेको छ ।

लस कारमेनेस स्टेडियममा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ग्रानडामाथि ४–० गोलअन्तरको फराकिलो जित निकालेको हो।

बार्सिलोनाको जितमा लियोनल मेस्सी र एन्टोनी ग्रिजमनले समान ‍२–२ गोल गरे। खेलको १२ औं मिनेटमै ग्रिजमनले बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै ३५ औं मिनेटमा ग्रिजमनकै पासमा मेस्सीले गोल थिए।

मेस्सीले नै फेरि ४२ औं मिनेटमा पनि गोल थप्दा पहिलो हाफमै बार्सिलोना तीन गोलले अघि रह्यो। दोस्रो हाफमा ग्रिजमनले फेरि अर्को गोल थपे।

उनले खेलको ६३ औं ओस्माने डेम्बेलेलेको पासमा गोल गरे। उता घरेलु टोलीका जिसस भालेजो ७८ औं मिनेटमा रातोकार्ड खाँदै बाहिरिएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button