समुद्रमा खसेर हराएको इन्डोनेसियाली यात्रुवहाक विमानको खोजी कार्य जारी

इन्डोनेशियाको राजधानी जकार्ताबाट ६ बालबालिकासहित ५९ यात्रु लिएर उडेको श्रीविजया एअर बोइङ ७३७ विमान देशको पश्चिमी कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा दुर्घटनाग्रस्त भएको हो।

उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले तीन हजार मिटर तल समुद्रमा झरेको बताइएको छ।
स्थानीयहरूले केही व्यक्तिहरू समुद्रको पानी तैरिइरहेको देखिएको उनीहरू जीवित हुने आशा क्षीण रहेको साथै ती विमानका यात्रु रहेको हुनसक्ने बताएका छन्।
विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू स्थानीय टेलिभिजन र सामाजिक सञ्जालमा देखाइएको छ तर ती वेपत्ता विमानका नै भग्नावशेष हुन् भनी पुष्टि गर्ने कुनै प्रमाण भेटिएको छैन।
राजधानी जकार्ताबाट उडेको उक्त विमानसँग अन्तिमपटक स्थानीय समय अनुसार २ बजेर ४० मिनेट जाँदा सम्पर्क भएको बताइएको छ।