‘गफ फिटेर हुन्न, चुनावी मैदानमा अब आउनुस्’– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गफ फिट्ने दिन गएको बताएका छन् । केपी ओलीको लोकप्रियताको ग्राफ शून्य भयो भन्नेहरूलाई चुनावमा जान उनले आग्रह गरेका छन् ।
आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘गफ फिट्ने दिन गए। गफ फिटेर हुन्न, चुनावी मैदानमा अब आउनुस् ।’
उनले कुरा फिटेरभन्दा पनि काममा तुलना गर्न आग्रह गरेका छन् । कुनै पनि सरकारलेभन्दा अहिलेको सरकारले धेरै काम गरेको ओलीको दावी थियो ।
प्रधानमन्त्री ओलीले चुनावमा जान पनि आग्रह गरेका छन् । उनले रेस्लिङ खेलको उदाहारण दिँदै जित्नु भन्दा पहिला बेल्ट लगाए पनि रेफ्रिले त्यसलाई लाने र जितेपछि मात्र दिने टिप्पणी गरे ।