कोरोना अपडेटः थप २ सय ५९ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २ सय ५९ मा संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार ५ सय १३ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

नेपालमा हालसम्म २ लाख ६४ हजार ७८० जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १९ सय १७ पुगिसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button