किम जोङ उन सत्तारूढ पार्टीको महासचिवमा निर्वाचित

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन सत्तारूढ वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन्।

सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार आइतबार भएको निर्वाचनमा उन सर्वसम्मत रूपमा महासचिव चुनिएका हुन्।

वर्कर्स पार्टीको पाँच वर्षमा एक पटक हुने अधिवेशनले उनलाई महासचिव चुनेको हो। उनका कोही प्रतिष्पर्धी थिएनन्। यसअघि पार्टीको महासचिव उनका बुवा किम जोङ इल थिए।

महासचिव निर्वाचित भएसँगै सन् २०११देखि उत्तर कोरियाको शासन चलाइरहेका उन झन् शक्तिशाली बन्ने भएका छन्।

आफ्ना बुवाको मृत्यु भएपछि उन २०११ मा सत्तामा आएका थिए। २०१२ मा उनको पार्टीले इललाई सधैँका लागि महासचिव र उनलाई प्रथम सेक्रेटरी बनाएको थियो। सन् २०१६ मा उनलाई पार्टीको अध्यक्ष भनिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button