ढुक्क हुनुहोस् अधिनायकवाद जन्मदैनः प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि हालतमा नेपालमा अधिनायकवादको जन्म नहुने बताएका छन् ।
संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा कुनै पनि हालतमा नेपालको प्रजातन्त्र अब नखोसिने बताउँदै अधिनायकवादको जन्म हुने कुनै सम्भावना नरहेको बताए ।
उनले भने, ‘ ढुक्क हुनुहोस्, पुराना वा नयाँ अधिनायकवादको जन्म हुने कुनै सम्भावना छैन । प्रजातन्त्र कसैले खोस्न सक्ने छैन ।’
सुशानका लागि भ्रष्टाचार नियन्त्रणमा आफ्नो सरकारको पहिलो प्राथमिकता रहेको बताएका प्रधानमन्त्री ओलीले हाल छानबिन हुन थालेकाले भ्रष्टाचारका केसहरु देखिएको दाबी गरे ।
उनले भने, ‘पहिले छानबिन नै हुँदैनथ्यो । अहिले भयो र केस देखिन थाले ।’ उनले भ्रष्टाचार नियन्त्रण सजिलो विषय नभएको बताउँदै आलोचनाका लागि मात्रै आलोचना नगर्न आग्रह गरेका छन् ।