थप ४ सय ८८ जनामा कोरोना, १० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ८८ जनामा कोरोना पुष्टि भएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय २७ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको छ ।

त्यस्तै, यसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय २७ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button