कोरोनाबाट तत्कालै छुटकारा पाइने सम्भावना छैन : डब्लूएचओ

बीबीसी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारीबाट विश्व समुदायले तत्कालै छुटकारा नपाउने जनाएको छ । गएको २४ घण्टामा विश्वभर एक लाख छ हजार संक्रमित देखिएपछि डब्लूएचओले महामारीबाट तत्काल छुटकारा पाउने सम्भावना नरहेको जनाएको हो ।

संक्रमितको संख्याका हिसाबले एक दिनको अहिलेसम्मकै सबैभन्दा ठूलो उछाल हो ।

डब्लूएचओका निर्देशक टेड्रस एडहनम गीब्रिएसुसले जेनेभामा धनी मुलुकहरुले लकडाउनको स्थितिबाट बाहिर निस्कने प्रयास गरिरहँदा कोरोना भाइरस गरिब देशहरुमा तिब्र रुपमा फैलिँदै गएको बताएका छन् । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या झण्डै ५० लाख पुगेको छ भने ३.२४ लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button