नेकपामा उत्पन्न विवादबीच निर्वाचन आयोगका कानुन महाशाखा प्रमुखको सरुवा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा विवाद चलिरहेका बेला निर्वाचन आयोगका कानुन महाशाखाका प्रमुखलाई सरकारले सरुवा गरेको छ ।

नेकपामा उत्पन्न विवाद निरुपण गर्ने आयोगको कानुन महाशाखाका प्रमुख सह-सचिव लक्ष्मी गौतमको सरुवा भएको हो ।

नेकपा टुक्रिएर आधिकारिताका लागि आयोगमा परेको निवेदनमाथि कामकारबाही चलिरहेका बेला कानुन महाशाखाका प्रमुखको सरुवा भएको हो ।

आयोगका कर्मचारीको सरुवाका विषयलाई लिएर नेकपाका प्रचण्ड-माधव नेपाल समूहका नेता योगेश भट्टराईले आपत्ति जनाएका छन् ।

उनले आयोगका वरिष्ठ कर्मचारीको सरुवा गर्नुले षड्यन्त्रको आभास भइरहेको उल्लेख गरेका छन् ।

‘निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका वरिष्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘नियतमाथि शंका, षड्यन्त्रको आभास ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button