नेकपाको प्रचण्ड-नेपाल समूहले आज बाग्मती प्रदेशस्तरीय भेला

नेकपाको प्रचण्ड-नेपाल समूहले आज (बुधबार) बागमती प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना गरेको छ ।

दिउँसो १२ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा सुरु हुने भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड-नेपाल समूहले मंगलबार प्रदेश नम्बर २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला गरेको थियो ।

प्रधानमन्त्रीले संसद विघटन गरेसँग प्रचण्ड माधव समूह आन्दोलनमा उत्रिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button