सैनिक आचारसंहिता विपरित कार्य गरेको अभियोगमा एक सैनिक बर्खास्त

काठमाडौं । कंगोमा नेपाली सेनाका अधिकृत र जवानबीच कुटपिट भएको घटना बाहिर ल्याउने सैनिक बर्खास्तीमा परेका छन्।

सैनिक अदालतले सूचना चुहाउने ती सैनिकलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरि बर्खास्त गरेको र ६ महिनासम्म जेल सजाय सुनाएको बताइएको छ।

ती सैनिकमाथि सैनिक आचारसंहिता विपरित कार्य गरेको अभियोगमा सैनिक अदालतले यस्तो फैसला सुनाएको हो।

उक्त घटनाबारे माथिल्लो तह तथा मुख्यालयसमक्ष उजुरी दिनुपर्नेमा आचरण बाहिरको कार्य गरेको सैनिक अदालतको ठहर छ।

असोजमा कंगोमा शान्ति स्थापनार्थ खटिएको गणमा क्याप्टेन र सैनिक जवानबीच कुटपिट भएको घटना बाहिर आएपछि नेपाली सेनाको मुख्यालयले ‘कोर्ट अफ इन्क्वायरी’ बनाएको थियो।

सैनिक जवानमाथि कुटपिटमा संलग्न सैनिक अधिकारीलाई एक वर्ष बढुवा रोक्का हुने फैसला पनि सुनाइएको सैनिक स्रोतले जनाएको छ।

यस्तै मादक पदार्थ सेवन गरेर माथिल्लो अधिकृतको निर्देशन नमान्ने अर्का जवानलाई पनि अदालतले चेतावनी (नैसियत) दिएको छ। अर्का जवानलाई पनि मिडिया आचारसंहिता उल्लंघन गरेको भन्दै चेतावनी दिइएको छ।

सैनिकमाथि भएको निर्घात कुटपिटको घटनामा सैनिक अदालतले यस्तो आदेश दिएको हो। बर्खास्तमा परेका सैनिक जवानले अन्य व्यक्तिलाई पनि भड्काउन खोजेको आरोप छ।

गत असोज ८ गते कंगोमा सह–सेनानी इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए। उनीहरु तीनै जनाको एक वर्ष बढुवा रोक्का भएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button