सरसफाई कार्यक्रम सम्पन्न

मैटहवा देखि किराननाला बजार वरिपरि र हाइवे रोडको छेउसम्म सरसफाई गर्दै कार्यक्रमको सम्पन्न भएको हो ।

क्लबले सरसफाइको अभियानमा सम्पुर्र्ण ब्यावसायीहरु बिशेष गरी गुट्खा, चुरोट, खैनी बेच्ने ब्यावसायीको अनिवार्य सरसफाई कार्यक्रममा उपस्थित हुन र अरुलाई फोहोर आफुलाई मोहर नगर्न प्रत्येकलाई पहल गरेको क्लबका उपाध्यक्ष दिनेश गुरुङले बताउनुभयो ।

कार्यक्रममा बोल्दै क्लबका सल्लाहकार युबराज बिष्टले अहिले वर्तमान समयमा देशमा धेरै हत्या हिंसा, बलात्कार जस्ता घटनाहरु दिनप्रति बढदै गएकोले देशको सुन्दरतालाई बिगारने, विकृति, विसंगति, कुरिति र कुसंस्कृतिकाविरुद्ध नै सरसफाई गर्नुपर्ने बताउनुभयो ।

उहाँले यस सरसफाई कार्यक्रमलाई सदैव साथ दिन र अभियानमा जुट्न आह्वान गर्दै यो कार्यक्रमलाई हरेक क्षेत्र, गाँउ शहर, घरघरमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा ५० भन्दा बढीको सहभागीता रहको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button