कोरोना अपडेट: थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार देशभरमा थप ४०३ कोरोना स।क्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या ४ हजार ४२६ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४०५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ जना कारोना संक्रमितको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ९४३ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button