विश्वमा कोरोना संक्रमणबाट २० लाख मानिसको मृत्यु

काठमाडौं । विश्वमा कोरोना संक्रमणबाट २० लाख मानिसको मृत्यु भएको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमणबाट एकैदिन १४ हजार ५ सय ५१ जनाको मृत्यु भएसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाख ५ सय २७ पुगेको हो ।

सबै भन्दा धेरै संक्रमित अमेरिकाका मरेका छन् । अमेरिकामा एकैदिन ३५ सय ८ जना संक्रमितको मृत्यु भएको छ ।

यसरी अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ९७ हजार ४ सय ४१ पुगेको छ ।

त्यस्तै भारतमा एकैदिन १ सय ८९ जना संक्रमितको मृत्यु भएको छ ।यसरी भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५१ हजार९ सय ५४ पुगेको छ ।

भारतमा पछिल्लो समय संक्रमितको संख्यामा कमि आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button